गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्छौं : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसारभरि रहेका प्रवासी नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न आग्रह गरेका हुन् ।

‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जिवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं,’ प्रधानमन्त्री देउवाले भने ।  

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाए । 

‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

Leave A Reply

Your email address will not be published.