विनियोजन विधेयक बहुमतले पारित

0

काठमाडौं : संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो । 

यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो ।  

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।

सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए ।  गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो । 

Leave A Reply

Your email address will not be published.