नेपालले एसपीपी सम्झौता नगरेको प्रचण्डको दाबी, ओली नेतृत्वको सरकारले प्रक्रिया अघि बढाएको आरोप

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । 

बिहीबार विहान पेरिसडाँडामा आयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा दाहालले एसपीपी सम्झौता हुँदैछ भनेर गरिएका प्रचार झुटा भएका बताएका हुन् । 

प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको दाहालको जिकिर छ ।

अध्यक्ष दाहालले अमेरिकासँग एसपीपी सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको तथ्य रहेको दाबी गरे ।

विगतमा ओलीले आत्मसमर्पण गरेको र अहिले पनि एमालेले नै एसपीपी हुँदैछ भनेर झुटो प्रचार गरेको अध्यक्ष दाहालको आरोप थियो ।

Leave A Reply

Your email address will not be published.