संसदमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन एमालेको माग

0

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा अर्थमन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले  दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गरेका हुन् । 

उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भिर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताए । 

प्रमुख सचेतक भट्टराईले बैठकको ९ नम्बर सूचिमा रहेको अर्थमन्त्रीले जवाफ दिने कार्यसूचि हटाए मात्रै बैठकमा भाग लिने बताए । 

यस्तै नेकपा(एमाले)का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै राजिनामा मागेका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । 

उनले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानविन हुनुपर्ने बताए । सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने समेत बताए । 

Leave A Reply

Your email address will not be published.