अर्थमन्त्रीको दाबी– बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए । 

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठमा मध्यराति मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले विरोध जनाउँदै आएको छ । 

अर्थमन्त्री शर्माको जवाफप्रति विश्वास नगरेका एमालेका सांसदहरुले पुनः विरोध जनाएका छन् । एमाले प्रमुख सचेकत विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिएलगत्तै विरोध जनाएका हुन् ।

Leave A Reply

Your email address will not be published.