नेपाललाई सैन्य सहकार्य सम्बन्धी एसपीपी सम्झौताका लागि अमेरिकाको ताकेता

0

काठमाडौं : अमेरिकाले सैन्य सहकार्य समेटिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौताका लागि नेपाललाई ताकेता गरेको छ ।

नेपाल भ्रमणमा आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चाल्र्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा एसपीपीलाई चाँडै टुग्याउन आग्रह गरेको सार्वजनिक भएको हो ।

प्रधानमन्त्री देउवाको छिटै हुने भनिएको अमेरिका भ्रमणका बेला समेत यो विषयमा छलफल हुने अनुमान गरिएको छ ।

प्रस्ताव अनुसार अमेरिकी सेना नेपाल आउने बाटो खुला हुने भन्दै सत्ता साझेदार र प्रतिपक्षी दलले समेत असहमति राखेका छन् ।

एसपीपी सम्झौताको लागि अमेरिकाले पाँच वर्ष अघिदेखि ताकेता गर्दै आएको छ । मस्यौदामा नेपालको उच्च भूभागमा संयुक्त प्रशिक्षण अभ्यास र विभिन्न नौ क्षेत्रमा सैन्य सहकार्य गर्ने प्रस्ताव गरिएको छ ।

एमसीसी सम्झौतामाथि बहस भइरहँदा अमेरिकाले प्रस्ताव गरेको एसपीपी सैन्य सहकार्यसम्बन्धी सम्झौताको विषयले थप विवाद बढाएको छ ।

प्रतिपक्ष एमालेले सरकारले सन्तुलित परराष्ट्रनीति खलबल्याएर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै विरोध गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.