एमालेले भूराजनीतिक द्वन्द्व रोक्न भण्डाफोर गर्ने

0

काठमाडौं : नेकपा एमालेले सरकारले मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरेको भन्दै आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको छ । 

सोमबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले सरकारले बाह्य सम्बन्धहरुमा विचलन ल्याएको र मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरेको निष्कर्ष निकाल्दै भण्डाफोर गर्ने निर्णय गरेको हो ।

एमालेले स्थानीय तह निर्वाचनमा एमाले पपुलर मतमा कांग्रेसभन्दा अगाडि रहेपनि गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको निष्कर्ष पनि निकालेको छ । 

समयमै उम्मेदवार चयन गर्न नसक्दा र अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा केही ठाउँमा पराजय भएको भन्दै एमालेले प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।

ज्ञवालीले तत्काल वाम एकता सम्भव नरहेको पनि बताए । एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गरेको भन्ने चर्चामा सत्यता नरहेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.