अर्थमन्त्रालयले भन्यो : बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन

0

काठमाडौं : अर्थ मन्त्रालयले मन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित खबरहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै औपचारिकरुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्श र अन्तरक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको जिकीर गरेको छ । 

अर्थमन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्यहीन भ्रमपूर्ण विषय राखी खबर प्रकाशित गरिएको मन्त्रालयको आरोप छ । 

मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्क भन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ । 

मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.