बन्दुक राख्न पाउने कानूनी अधिकारविरुद्ध अमेरिकाभर प्रदर्शन

0

एजेन्सी : अमेरिकामा दिनप्रति दिन बन्दुकधारीको आतंक बढ्न थालेपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारविरुद्ध देशव्यापी प्रदर्शन शुरू भएको छ ।

पछिल्लो केही सातायता भएका अन्धाधुन्द गोली प्रहारका घटनाले कैयौँ निर्दोषहरूको ज्यान गुमेपछि कडा कानूनको माग गर्दै प्रदर्शन शुरू भएको हो ।

प्रदर्शनमा दसौँ हजार मानिसको सहभागिता रहेको थियो । “म बन्दुक प्रहारबाट बच्न चाहन्छु” भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू देशैभरि सडकमा उत्रिएपछि राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गरेका छन् ।

राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धि कानून संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गरेका छन् ।

बन्दुक सुरक्षा समूहो आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले अब राजनीतिकर्मीलाई चूपचाप बस्न नदिने चेतावनी दिएका छन् ।

अमेरिकाका विद्यालयमा गोलीकाण्डहरू बारम्बार भइरहेका छन् । गत वर्ष मात्रै त्यहाँ त्यस्ता २६ घटना भएको विवरण सार्वजनिक भएका छन् ।

सन् २०२०मा अमेरिकामा कार दुर्घटनाभन्दा बढी मानिसको बन्दुक आक्रमणमा परेर मृत्यु भएको तथ्यांक छ ।

Leave A Reply

Your email address will not be published.