कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

0

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । 

उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे ।

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.