आँबुखैरेनीमा सडक भासिंदा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

0

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका–चार साँखरस्थित ड्याम साइटमा सडक भासिदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

बिहीबारको अविरल वर्षाका कारण करिव २० मिटर सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको हो । 

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको प्रहरीले जनाएको छ । 

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको प्रहरीले जनाएको छ । 

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारी साधान फर्काइएको छ । 

भासिएको सडक मर्मत गर्न समय लाग्ने भएकोले सो रूट भएर सञ्चालन हुने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न तनहुँ प्रहरीले अनुरोध गरेको छ । 

Leave A Reply

Your email address will not be published.