नियम उल्लंघन गर्छन तर गाडी चालक टेर्दैनन ट्राफिक प्रहरी..

0

तिलक बाबू , जेष्ठ २७ कोहलपुर,

शुक्रबार काठमाडौ देखि धनगढीको लागि हिडेको रिभर साइड यातायात प्रालिको ना. ७ ख १११८ नम्बरको यात्रुबाहक बस क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले कोहलपुर १२को चेक पोस्टमा महिला ट्राफिक हवल्दार सविता रावलले बस रोकिन ।

उनले चिट काटेर मात्र जान भनिन तर गाडी स्टाफले अटेर गरेर बिभिन्न ब्यत्तीहरुको नाम लिएर भन्दै थिए चिट काट्दैनौ फलानो ब्यक्तिसंग फोनमा कुरा गर्नुहोस तर ट्राफिक महिला हवल्दार रावलले चिट काटेर अथवा बिलबुक र लाइसेन्स छोडेर जान आग्रह गरिन ।

यसरी गल्ती गर्दा पनि अटेर गर्ने लाइसेन्स माग्दा लाइसेन्स नदिने, विभिन्न ठुला ब्यक्तीहरुको नाम लिने जस्ता क्रियाकलाप प्राय धेरै ठाउमा हुने ट्राफिक प्रहरीहरु बताउछन । अतिरिक्त कमाई गर्न यातायात नियम उल्लङ्हन गर्ने परिपाटिको बिकास भएको जानकारहरु बताउछन । यातायात ब्यबसायी र कर्मचारीहरुको धेरै कमाउने सोचले दुर्घटना हुने र मानिसहरुले जीबन गुमाउने गरेकाछन ।

ट्राफिक प्रहरी, यातायात ब्यबसायी, कर्मचारी र सर्बसाधारणको सहकार्यमा र समझदारीमा सडक यातायात सुरक्षित बनाउन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.