अमेरिकी सैनिक जनरल नेपाल आउँदै, प्रधानमन्त्री देउवा र सेनापति शर्मालाई भेट्ने कार्यक्रम

0

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले बिहीबारदेखि नेपाल भ्रमण गर्दैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आउन लागेका हुन् ।

चार दिने भारत भ्रमण सकेर बिहीबार अपराह्न नयाँदिल्लीबाट उनी काठमाडौँ आउने कार्यक्रम रहेको छ ।

नेपाली सेनाले अमेरिकी जनरल चार्ल्सले नेपालको सद्भावना भ्रमण गर्न लागेको जनाएको छ ।

काठमाडौंमा रहँदा चाल्र्सले प्रधानमन्त्री देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेट गर्ने कार्यक्रम छ ।

उनले माउन्टेन फ्लाइट गर्ने र काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम पनि छ ।

शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा समेत उनले सम्बोधन गर्नेछन् । चाल्र्स जेठ २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.