यस्ता किसिमका सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

0

काठमाडौं : यातायात व्यवस्था विभागले तत्काल सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको छ ।

विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नविकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको हो ।

इम्बोस्ड नम्बर प्लेटका बिषयमा जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले साउन १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको जानकारी दिए । 

तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उनले पूर्वाधार विस्तारको काम भइरहेको समेत बताए । 

पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सहि नभएको उनको भनाइ छ ।

विभागले इम्बोस्ड नम्बर प्लेटका बारेमा भ्रममा नपर्न समेत आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.