नेपाली परिवार गेन्टको तेश्रो अधिबेशन सम्पन्न,

0

बेल्जियमको गेन्ट शहरमा बस्ने नेपाली समुदायको संस्था ” नेपाली परिवार गेन्टको ” तेश्रो अधिबेशन सम्पन्न भएकोछ । सोमबार गेन्टमा भएको अधिबेशनले अम्बिका गुरुङको अध्यक्षतामा २० सदस्यीय कार्यदलको सर्बसम्मत चयन गरेकोछ ।

संस्थाको उपाध्यक्षमा सरिता धमला र मुना ढकाल, महासचिब जनक सुबेदी, सचिब सञ्जय गिरी, कोषाध्यक्ष बेदराज पुरी, सहकोषाध्यक्ष समिमा मिया र सदस्यहरुमा सबनम राई, सारदा अधिकारी,बिकल अधिकारी,क्रिष पुरी, गंगा गुरुङ, बिन्दु पाण्डे, सरिता दाहाल , सुशिल सुबेदी, उपमा निरौला, अन्जु मल्ल ठकुरी, सरोज अधिकारी,डिएन गैरे र निबर्तमान अध्यक्ष बसन्त ढुंगाना रहनु भएकोछ ।


संस्थाको तेश्रो अधिबेशनमा स्थापनाकाल देखि आज सम्म संस्था मार्फत भएको परोपकारी र सामाजिक कामका बारेमा निशा गुरुङले ब्रित्तचित्र मार्फत जानकारी गराउनु भएको थियो । नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा सहिदहरुको संझनामा मौन धारण गरिएको थियो ।

अधिबेशन उद्घाटन समारोहको प्रमुख अतिथी बेल्जियमका लागि नेपाली महामहिम राजदुत गेहेन्द्र राजभन्डारीले नेपाली परिवार गेन्टले गरेका नेपाली भाषा कक्षा सन्चालन लगायतका उपयोगी र परोपकारी कामको प्रसंशा गर्दै, समयमा कार्यक्रम सन्चालन, औपचारिक र भन्दा व्याबहारिक काम गर्ने तरिका र गेन्टमा बसोबास गर्ने नेपालीहरुको एकता देखेर खुशी लागेको र यसलाई निरन्तर कायम राख्न आग्रह गर्नु भयो । नेपाल र नेपालीका लागि गरिने काममा दुताबास सधैं सहकार्य गर्न तयार रहेकोले गेन्ट परिवारका आगामी काममा दुताबासलाई सहभागि बनाएर काम गर्न आह्वान गर्नु भयो ।

एनारएनए बेल्जियमका अध्यक्ष खड्का बहादुर केसीले नेपाली परिवार गेन्टले नेपाली समुदायको लागि प्रेरणादायी काम गरेकोमा एनआरएनएको तर्फबाट धन्यवाद दिदै भबिष्यमा पनि संस्थाले गर्ने काममा एनआरएनए को सहयोग रहने बताउनु भयो ।

अधिबेशनको सफलताको लागि नेपाली जनप्रगतिशिल मंच युरोप सन्योजक सुरेन्द्र भुशाल, नेपाली जनसंपर्क समितिका महामन्त्री प्रकाशराज गिरी, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला, संस्थाका पूर्व अध्यक्ष रमेश पौडेल, जनजाती महासंघ बेल्जियमकी उपाध्यक्ष मुना राई , नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले शुभकामना ब्यक्त गर्नु भएको थियो ।


संस्थाका सचिब जनक सुबेदीले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । संस्थाका अध्यक्ष बसत ढुंगानाको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सुमन निउरेले गर्नु भएको थियो । २०१४ मा गैर नाफामुलक सस्थाको रुपमा दर्ता भएको नेपाली परिवार गेन्ट भिजेडवे गेन्टमा रहेका करीब ३०० नेपालीहरुको संस्था हो ।

Leave A Reply

Your email address will not be published.