नागरिकहरुमाथि गोली चलाउने आदेश दिइएको छैन : गृहमन्त्री खाँण

0

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । 

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको घटनामा सांसदहरुले उठाएका प्रश्नको जननागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् । 

प्रमुख जिल्ला अधिकारीले समेत गोली चलाउन आदेश नदिएको अवस्थामा कसरी गोली चल्यो भन्नेबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्ने उनले बताए ।  

गृहमन्त्री खाँणले बन्यजन्तुको आक्रणबाट स्थानीयबासीलाई बचाउनका लागि तारजाली लगाउने प्रतिवद्धता जनाए । 

सरकारले बन्यजस्तुको पनि रक्षा गर्नुपर्ने र त्यसको आक्रमणबाट नागरिकलाई पनि बचाउनु पर्ने भएकाले सरकारले मानव वस्तीमा प्रवेश गर्न नदिनका लागि तारजाली लगाउन लागिएको उनले बताए । 

यसैबीच गृहमन्त्री खाँणले बाँकेमा भएको सामूहिक यौन हिंसाका विषयमा पनि जवाफ दिएका छन् । उनले सो क्रममा शिक्षाको पाठ्य क्रममा पनि यौन हिंसाबाट बच्ने बचाउने कुरा राख्ने समेत उल्लेख गरे ।

सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताएका हुन । खाणले बाँकेको राप्तीसोनारीमा १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाही गर्ने बताए । 

यसअघि बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए ।

यौन हिंसाले समाजमा धेरै विकृतिहरू ल्याएको गृहमन्त्रीले बताएका छन् । सांसदहरुले प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.