भारतले प्रतिबन्ध लगाएसँगै चिनीको मूल्य आकाशियो, साल्ट ट्रेडिङका कक्षमा बिक्री बन्द

0

काठमाडौं : साल्ट ट्रेडिङका बिक्री कक्षहरुमा चिनी बिक्री बन्द भएको छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनी अभाव भएपछि साल्ट ट्रेडिङका बिक्री कक्षबाट चिनी बेच्न रोकेको हो ।

उसले प्रतिव्यक्ति दुई केजीका दरले प्रतिकेजी ७९ रुपैयाँमा उपभोक्तालाई चिनी बिक्री गर्दै आएको थियो ।

सरकारी कम्पनीले चिनी बिक्री गर्न छोडेपछि निजी व्यवसायीहरुले बढी मूल्यमा बिक्री गर्न थालेको पाइएको छ । बजारमा सजिलै पाउन छाडेसँगै चिनी महँगिन थालेको छ ।

केही दिनयता चिनीको मूल्य थोक बजारमै बोरामा २ सय रुपैयाँभन्दा बढी महँगो भएको खुद्रा व्यापारीको भनाइ छ ।

पहिले प्रतिबोरा ४ हजार ५ सय ५० रुपैयाँमा खरिद गर्दै आएको चिनी अहिले प्रतिबोरा ४ हजार ७ सय ५० रुपैयाँ पुगेको उनीहरुको भनाइ छ ।

हाल बजारमा चिनीको उपभोक्ता मूल्य प्रतिकेजी एक सय रुपैयाँसम्म पर्न थालेको छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाउने भनेपछि बजारबाट चिनी लुकाइएको उपभोक्ताको आरोप छ । चिनी उद्योगीले भने भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि तत्काल बजारमा चिनीको मूल्य अभाव नहुने बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.