काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि उठ्ने, यस्तो भयो सहमति

0

काठमाडौं महानगरपालिकाको फोहोर उठाउने सहमति जुटेको छ । प्रभावित जिल्लाका प्रतिनिधिसहितको बैठकमा मंगलबारबाट नै काठमाडौंमा थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।

सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल/बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ ।

उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि महानगरपालिकाको प्रतिवद्धता छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.