नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

0

काठमाडौं : सरकारले पाँच जना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख छन् भने बिसी १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छन् ।

डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंहले बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुख छिन् ।

Leave A Reply

Your email address will not be published.