एकीकृत समाजवादीले सिफारिस गर्‍यो नयाँ मन्त्रीहरुको नाम

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सरकारी सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । 

आइतबार बसेको पार्टीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका पाँच नेतालाई फिर्ता बोलाएर नयाँ पाँच नेताको नाम सिफारिस गरेको हो । 

एमाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस गरेको छ । 

यसअघिका स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएको छ । 

सिफारिस गरिएको पाँचै जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । 

Leave A Reply

Your email address will not be published.