प्रबासमा रहेका गैर आबासीय नेपालीलाई पूर्ण अधिकार सहितको नागरिकता दिनु पर्छ, राजन भट्टराई प्रबास इन्चार्ज नेकपा एमाले

0

नेकपा एमालेका नेता बिदेश बिभाग प्रमुख राजन भट्टराईले बिदेशमा रहेका नेपालीहरुलाई पूर्ण अधिकार सहितको नेपाली नागरिकता पाउनु पर्छ भन्नु भएकोछ ।

प्रबासी नेपाली मंच बेल्जियमको छैटौ अधिबेशनलाई प्रमुख अतिथीको रुपमा शुभकामना मन्तब्य दिदै भट्टराईले बिदेशको नागरिकता लिएका नेपालीले बिदेशमा पनि भोट हाल्ने र नेपालमा पनि मताधिकार पाउनु पर्छ भन्नु व्यबहारिक र अन्तरराष्ट्रिय कानुन अनुसार पनि जायज नहुने अवस्थालाई बुझ्नु पर्ने तर अन्य सबै कुरा नेपाली नागरिक सरह उपयोग गर्न पाउने कुरामा नेकपा एमाले प्रस्ट रहेकोछ भन्नु भयो ।

” एक पटकको नेपाली सधैंको नेपाली ” भन्ने भाबनात्मक यथार्थलाई नेपालका राजनितिक शक्तिहरुले बुझेकाछन भन्नु हुँदै पार्टीको बिदेश बिभाग प्रमुखको नाताले एनआरएनहरुको यो मागको पक्षमा आफु सधैं समर्थनमा रहेको विश्वाश दिलाउनु भयो । बिदेशमा आर्जन गरेको ज्ञान र सीपलाई मातृभूमीको बिकासका लागि लागानी गरिदिन अनुरोध गर्दै हरेक देशको सामाजिक आर्थिक बिकासमा डायसपोराको महत्वपूर्ण भूमिका हुन्छ ।

सामुहिक होस् कि ब्यक्तिगत पुजी होस् त्यो नेपाल भित्राउनको लागि बिदेशका संघ संस्था सँग नेपालले अपेक्षा गरेको छ । देशको परिवर्तन र बिकासका लागि देशमा रहेका राजनीतिक शक्तिले बातावरण बनाउनु पर्ने र बिदेशमा रहेका नेपालीहरु अबैतनिक राजदुतको भूमिका रहेर देशको उत्थानको लागि काम गर्नु पर्छ, कहिल्यै नेपाल नगएको बिदेशीले बिदेशमा रहेका नेपालीहरुलाई देखेर नेपाल प्रतिको भाबना बनाउने हुँदा नेपाली कला संस्क्रिति र नेपाली संस्कार अनुसार व्यबहार गर्न अनुरोध गर्नु भयो ।

बिचार र दृष्‍टिकोण फरक भए पनि देशको सम्ब्रिद्धीनै सबैको चाहना भएकोले लोकतान्त्रिक बिधी र प्रकृयामा रहेर अग्रगमनको बाटोमा एक भएर अगाडि बढ्न् सकिन्छ, प्रबासको नेपाली समुदायले पनि देश बिकासको अभियानमा एक हुनु पर्ने र सामुहिक अभियान चलाऊन सक्नु पर्छ । बाद बिबाद र प्रतिस्पर्धा गर्न नेपालका राजनितिक पार्टिहरुनै सकृय छन तसर्थ त्यो भूमिका बिदेशका संघ संस्थाले निभाउन आबस्यक छैन भन्दै बेल्जियमको नेपाली समुदायलाई सहकार्य र एकता गरेर सामाजिक अभियान अगाडि बढाउन अह्वान गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.