माओवादी केन्द्रले हरेक सदस्यबाट एक सय रुपैयाँको दरले रकम संकलन गर्ने

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको छ । 

आइतबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिको बैठकले पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै सदस्यहरुबाट आर्थिक संकलन गर्ने निर्णय गरेको हो । 

त्यसैगरी, बैठकले पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधानका लागि दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय पनि गरेको छ । 

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएपछि पवन कार्की पक्षले विवाद निकाल्दै आएको छ । 

तत्कालीन संगठनका सचिव कार्कीलाई उपाध्यक्ष बनाएर दीपेश पुनलाई महासचिव बनाएपछि कार्कीले छुट्टै भेला गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.