मन्त्रीहरु हेरफेर गर्ने एकीकृत समाजवादीको तयारी

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा सरकारमा सहभागी मन्त्रीहरूको हेरफेरको विषयमा छलफल भएको छ ।

आइतबार बसेको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरूको हेरफेरको विषयमा छलफल भएको हो । 

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बैठकमा आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको हेरफेरबारे छलफल भएको जानकारी दिए । उनले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।

मन्त्रीहरुलाई ६ महिलाका लागि पठाएको र अहिले सरकारमा सहभागी भएको ६ महिना बढी भइसकेकाले मन्त्रीहरुको कामको समीक्षा गरेर शीर्ष नेताहरुले हेरफेरको निर्णय गर्ने उनले जानकारी दिए ।

अहिले संघीय सरकारमा एकीकृत समाजवादीका एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

उनले पार्टीले गरेको निर्णय मन्त्रीहरूले पनि मान्नुपर्ने धारणा राखे ।  

Leave A Reply

Your email address will not be published.