रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

0

काठमाडौं : जनकपुरबाट रुपन्देहीको भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । 

लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस रुपन्देहीको रोहिणी गाउँपालिका चार र ओमसतिया गाउँपालिका चार को सीमामा पर्ने रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको हो । 

बस दुर्घटनाका घाइतेमध्ये भीम अस्पतालमा चार जना र युनिर्भसल शिक्षण अस्पतालमा पाँच जना गरी नौ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

दुर्घटनामा २४ यात्रु घाइते भएका छन् । घाइते मध्ये पन्ध्र जनाको अवस्था गम्भिर रहेको छ । 

सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । घाइतेहरुको भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.