पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन आपूर्ति मन्त्रालयलाई अर्थले पठायो पत्र

0

काठमाडौं : अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । 

पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ । नेपाल आयल निगमले पेश गरेको पछिल्लो विवरणअनुसार भारतबाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय १७ रूपैयाँ १८ पैसा छ । सवारी भन्सार करका रूपमा २५ रूपैयाँ २३ पैसा लाग्दै आएको छ । 

यस्तै सडक मर्मतसम्भार शुल्क चार रूपैयाँ लाग्छ । प्रदूषण कर एक रूपैयाँ ५० पैसा लाग्ने गरेको छ । पूर्वाधार कर १० रूपैयाँ लाग्दै आएको छ । मूल्यअभिवृद्धि कर २० रूपैयाँ ७१ पैसा लाग्ने गरेको छ । 

मूल्य स्थिरिकरणको शुल्कअन्तर्गत एक रूपैयाँ ८० पैसा सरकारले लिदै आएको छ । यसरी अहिले सरकारलाई ६३ रूपैयाँ २३ पैसा कर गइरहेको छ । 

अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि त्यसमध्ये १० रूपैयाँ घट्न सक्ने देखिएको छ । अहिलेकै खरिद मूल्यअनुसार हो भने पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७० रूपैयाँ हुन्छ । 

आर्थिक वर्ष २०७६/७७ मा पेट्रोलियम पदार्थको मूल्य ओरोलो लागेको मौका पारी तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले डिजेल र पेट्रोलमा १५ रुपैयाँ पूर्वाधार कर वृद्धि गरेका थिए ।

Leave A Reply

Your email address will not be published.