अहंकार देखाए कांग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई अहंकार देखाए ठेगान लगाइदिने चेतावनी दिएका छन् । सत्तामा पुगेपछि एमालेले जस्तै दम्भ कांग्रेसले पनि देखाउन थालेकोले ठेगान लगाने चेतावनी दिएका हुन् ।

बुधबार राजधानीको एक कार्यक्रममा माओवादीका अध्यक्ष दाहाल निकै आक्रोशित देखिए, त्यो पनि सत्तासाझेदार कांग्रेसप्रति लक्षित गर्दै। 

दाहालले भने, ‘एमाले जस्तै कांग्रेसले पनि दम्भ नदेखाओस् ।’ कांग्रेसमा पनि अहंकारी प्रवृत्ति बढ्दै गएकाले एमालेकै हालतमा पुराइदिने कडा चेतावनी उनले दिए ।

दाहालले माओवादी एजेण्डाकै बलमा हर्क राई र बालेन्द्र शाह जस्ता स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएको तर त्यही एजेण्डाको पार्टीका जनप्रतिनिधि र कार्यकर्तामा आएको विचलनले माओवादी कमजोर भएको टिप्प्णी गरे । 

आफ्नो एजेण्डा अनुरुप काम गर्न नसक्दा माओवादी निरन्तर कमजोर भएको उनले बताए, पार्टीको लोकपृयता बढाउन माओवादीका जनप्रतिनिधिहरुले संचिएर काम गर्न दाहालले सुझाव दिए ।

सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो हराउदै गएको दाहाले स्पमरण गराएका थिए। दाहालले राष्ट र जनताको हितमा काम गर्ने पार्टी, बोलि र व्यवहारमा समानता नआउँदा कमजोर हुन परेको दुखेसो समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.