अमेरिकाको न्यू अर्लिन्सको एक विद्यालयमा फेरि बन्दुक हमला

0

एजेन्सी : अमेरिकाको एक विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यू अर्लिन्सको हाईस्कूलको दिक्षान्त समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यू अर्लियन्स प्रहरीले जनाएको छ । 

गोली लागेर घाइते भएका तीनैजना स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए ।

गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.