दुर्घटनामा परेको तारा एयरको विमानको ब्ल्याक बक्स भेटियो

0

काठमाडौं : मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको विमानको ब्लाकबक्स फेला परेको छ । 

मंगलबार बिहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।   

प्रतिकूल मौसमका कारण विमान दुर्घटनामा भएको प्रारम्भिक अनुमान गरिएपनि यो बक्स फेलापरेसँगै दुर्घटना बारे थप अनुसन्धान गर्न सहज हुने भएको छ । 

विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्लाकबक्स फेला परेको माउन्टेन गाइड शाहीले जानकारी दिए । दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ । 

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ ।  

आयोगका सदस्यहरूमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार आइतबारको तारा एयरको सहित ६७ वर्षको इतिहासमा १०८ वटा हवाई दुर्घटना भएका छन् । यी सबै दुर्घटनामा झन्डै नौ सय जनाको मृत्यु भएको छ । 

Leave A Reply

Your email address will not be published.