संसदमा बजेटमाथि आजबाट छलफल, बजेटको भण्डाफोर गर्ने एमालेको तयारी

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सदननमा पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्यमाथि मंगलबारबाट छलफल शुरु हुने भएको छ । 

संघीय संसदका दुबै सदनमा बजेटमाथि छलफल शुरु हुन लागेको हो । आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानकोप्रति बजेट वक्तव्य र आर्थिक विधयेक सदनसमक्ष टेबुल भैसकेको छ । 

आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल र मान्य अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको उत्तर दिन संसदमा तीन दिनको समय निर्धारण गरिएको छ । त्यसपछि बजेट पारित प्रक्रिया अघि बढ्नेछ । 

अर्थमन्त्री शर्माले बैठकमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सरकारले ल्याएको बजेट अनुचित रहेको भन्दै प्रतिपक्ष एमालेले संसदमा प्रश्न उठाउने तयारी गरेको छ । 

सोमबारको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।

सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले मात्रै आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र हावादारी रहेको एमालेको निस्कर्ष छ ।

Leave A Reply

Your email address will not be published.