बजेट सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो : विष्णु पौडेल

0

काठमाडौं : नेकपा एमालेका उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य सरकारले लिएको आरोप लगाए । 

स्रोत साधानको प्रयोगबाट आर्थिक वृद्धि  हुने भन्दै उनले पुँजी लगानी नै अपुग रहेको बताए । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्नेखालको रहेको उनको टिप्पणी छ । 

बजेटमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको भन्दै उनले यो बजेट सुख्खा जमिनमा घस्रने खोजेको चिप्ले किरा जस्तो रहेको बताए ।

बजेटले तीव्र गतिमा अत्याधुनिक विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसक्ने दाबी गर्दै पूर्वअर्थमन्त्री पौडेलले सरकार राष्ट्रिय संकल्पबाट भागेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.