ब्रुसेल म्याराथनमा नेपाल चिनाउदै दौडिए ७२ नेपाली

0

बेल्जियममा हरेक बर्ष हुने “२० किमी ब्रुसेल म्याराथनमा” ७२ जना नेपालीहरु सहभागि भएका छन । बेल्जियम राजपरिवारका सदस्यहरु महारानी माथिल्द र युबराज एम्यानुयल संगै विश्वका १३५ देशका धाबकहरुले भाग लिएको दौडमा नेपालीहरुले “टिम नेपाल” बनाएर संयुक्त रुपमा सहभागिता जनाएका थिए ।

नेपाली दुताबास बेल्जियमको आह्वान र सहकार्यमा एनआरएनए बेल्जियम, अन्नपूर्ण क्लब ब्रुसेल, तमुसमाज बेल्जियमले सहजिकरण गरेको म्याराथनमा नेपालीहरुले नेपालको झन्डा अंकित टिशर्ट लगाएर भाग लिएका थिए ।

म्यराथनमा सह्भागिहरुका अनुसार नेपालको नाम र झन्डा देखेर धेरै ब्यक्तिहरुले हौसला दिएको र चियरअप गरेका थिए । नेपाली धाबक संगैका सहभागिहरु मध्य केहीले आफु नेपाल गएको , नेपाल सुन्दर देश रहेको अनुभब सुनाउदै थिए भने केही नेपाल जाने सोचमा रहेको, हिमालमा दौड्ने चाहना रहेको बताउदै थिए ।

“ रन फर उक्रेन”को स्लोगनमा दौडेकाहरु प्रति अधिकतम चासो थियो , उनीहरुलाई हौसला बढाउन स्थानीयहरु गीत संगीत सहित ताली बजाएर बाटो बाटोमा झुम्मिएका थिए । बिभिन्न परोपकारी अभियान र पर्यटन प्रबर्धनका लागि बेल्जियन नागरिक संगै विश्वका बिभिन्न देशबाट प्रतिनिधित्व गरेका धावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली टिमलाई बेल्जियमका लागि नेपाली महामहिम राजदूत गेहेन्द्रराज भण्डारीले सफलताको शुभकामना सहित युरोपमा देश चिनाउने अभियानमा साथ दिएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसी आँफै दौडमा सहभागि भएर हौसला प्रदान गर्नु भएको थियो ।

नेपाली टिममा सहभागि मध्यबाट अरुण बाटाजुले १ घण्टा ३७ मिनेटमा दौड पुरा गरेर प्रथम स्थान हासिल गर्नु भयो भने सम्पूर्ण सह्भागि धाबकहरुमा बेल्जियमका अमौरी पकेत १ घण्टा ०१ सेकेन्डमा २० किलोमिटर दुरी पार गरेर प्रथम भए । महिला धाबिकाहरुमा ब्रिटिश धाबिका सोफी वूद ले १ घण्टा ११ मिनट ११ सेकेन्डमा दौड पुरा गरेर प्रथम स्थान हासिल गरिन ।

युरोपका लोकप्रिय दौड प्रतियोगिता मध्येको २० किमी ब्रुसेल म्याराथन सन १९८० बाट सुरु भएर हरेक बर्ष मे महिनामा आयोजना हुने गर्दछ । यस बर्ष यहि मे २९ तारिख आईतवार भएको म्याराथनमा १ हजार बढि बिशेष क्षमताका (अपाङ्ग) ब्यक्तिहरु पनि सहभागि थिए ।

२० किलोमिटरको दुरि कम्तिमा ५ घण्टा भित्र पुरा गर्नु पर्ने नियम रहेको थियो । महारानी माथिल्दले हिंडेर तथा १६ बर्षिय युबराज युम्यान्युयलले दौडेर कार्यक्रममा भाग लिएका थिए ।


नेपाली टिमका धाबकहरुलाई तमु समाज बेल्जियमले खाजाको ब्यबस्था गरेको थियो । एनआरएनए बेल्जियमका सचिब सुबाश भट्टले नेपाली टिमको सन्योजन गरेका थिए ।

नेपाली सहभागिहरुले दौड पुरा गरे पछि मात्रीभुमिको लागि कर्मभुमिमा दौडमा भाग लिदा गर्ब र खुसिको अनुभब भएको प्रतिकृया दिएका थिए ।

Leave A Reply

Your email address will not be published.