तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

0

काठमाडौं : पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहानमा छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु भेटिएको नेपाली सेनाले जनाएको हो । 

उद्धारमा खटिएका नेपाली सेनाको टोलीले विमान फेल पारेको हो । विमानमा सवार यात्रुहरुको अवस्थाबारे जानकारी आउन बाँकी रहेको छ । 

आइतबार विहान विहान ९ बजेर ५५ बजे जहाज जोमसोम विमानस्थल अवतरणका लागि उडेपनि पुग्न नपाउदै सम्पर्क विहिन भएको थियो । 

विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा आइतबारदेखिनै खोजी कार्यतिव्र बनाइएको थियो । 

विमानमा दुई जर्मन नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका थिए ।

Leave A Reply

Your email address will not be published.