बेल्जियममा नेपाली खाना महोत्सब, पाहुनाहरु भन्छन नेपाल घुम्न जान मन छ , नेपाली खाना मिठोछ, (फोटो फिचर सहित)

0

बेल्जियममा बसोबास गर्ने नेपाली ब्यबसायीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियममा आयोजना गरेको दोश्रो नेपाली खाना महोत्सब फुड फेस्टिबल सम्पन्न भएकोछ ।

नेपाली दुतावास बेल्जियमको सहकार्यमा लुभेन शहरमा गरिएको फेस्टिबलमा स्थानीय नगरप्रमुख मोहम्मद रुज्वानी, क्रिश्चियन डेमोक्र्याट नेता दिर्क भानसिना लगायत स्थानीय बेल्जियन नागरिकहरुले रुची र चासोका साथ नेपाली खाना र नेपाली लोक संगीतको बारेमा जानकारी लिएका थिए ।

नगर प्रमुख रुज्वानीले फुड फेस्टिबलको उद्घाटन गर्दै लुभेन शहरमा बस्ने नेपालीहरुको परिश्रम, इमान्दारिता र त्यसबाट प्राप्त सफलताको प्रशंशा गर्नु भयो । बेल्जियमका लागि नेपाली महामहिम राजदुत गेहेन्द्र राजभन्डारीले बेल्जियम नेपाली समुदायले नेपाललाई जनस्तरमा चिनाउन खेलेको भूमिकाको लागि धन्यवाद दिदै फुड फेस्टिबल सफल बनाउन सक्रिय सबै प्रति आभार प्रकट गर्नुभएको थियो ।

नेपाल सरकारका पररास्ट्र सचिब भरतराज पौडेलले नेपाली डायसपोराको सफलता देखेर खुसि लागेको बताउदै नेपाल सरकारको तर्फबाट नेपाली खाना र नेपाली कलासंस्क्रितिको प्रबर्धनको लागि बेल्जियमबासी नेपालीले गरेको प्रयासका लागि धन्यवाद ब्यक्त गर्नु भयो ।

फुड फेस्टिबलमा पाहुनाको रुपमा उपस्थित हुनु भएका बेल्जियमका लागि जापानी राजदूत यासुसी माकसी, भारतीय राजदूत सन्तोष झा, हङेरियन राजदूत तामास इभान कोभाक्स, भुटानी राजदूत त्सिरिङ्ग ग्याल्सेन पेन्जोर, बङ्गलादेशी राजदूत महबुवा हुसेन सालेह, ट्युनिसियन राजदूत नबिल अंमार, र बुलगारियन राजदूत पालमेन बन्चेब र बेल्जियमका परराष्ट्र सचिब जेरोन कोरेमानलाई पञ्चकन्या द्वारा स्वागत गर्दै मायाको चिनो सहित सम्मान गरिएको थियो,

। कार्यक्रममा बेल्जियमको पञ्चेबाजा समुहले पञ्चेबाजा बजाउनुका साथै एना बेल्जियमबाट प्रशिक्षित बाबुनानीहरुले नेपाली सन्स्क्रिती झल्किने लोक न्रित्य प्रस्तुत गरेका थिए । २० वटा स्टलमा राखिएका बिभिन्न परिकारका नेपाली खाने कुराका स्वाद लिन आगन्तुकहरु लामो लामो लाइनमा प्रतिक्षा गरी रहेका थिए । नेपाली खाना स्वादिलो र नेपाल सुन्दर देश भएको थाहा भयो , जीबनमा एक पटक नेपाल जाने सोच बानाएका छौ, अधिकांस बेल्जियम नागरिकको भनाइ थियो ।

कार्यक्रमको बारेमा प्रतिकृया दिदै एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले नेपाली ब्यबसायि संघले मिहिनेतका साथ ब्यबस्थित र आकर्षक तरिकाले नेपाली खानाको प्रबर्धनका लागि गरेको फुड फेस्टिबलले गैर आबासिय अभियान सफल भएको र हौशला मिलेको बताउनु भयो । सबैको सहयोगले फ़ेस्टिवल सफल भएको भन्दै ब्यबस्थापन संयोजक चिरन कुमार खवासले धन्यवाद ब्यक्त गर्नु भयो ।

सह्भागिहरु मध्यबाट लक्की ड्र गरेर नेपाली ब्यबसायिहरुबाट सन्चालित रेस्टुरेन्ट, होटेलहरुमा खाने बस्ने ब्यबस्थाको कुपन उपहार र एनआरएनए बेल्जियम र रुपाकोट ट्राभल्सले प्रायोजन गरेको दुई जनालाई नेपालजाने दुईतर्फि हवाई तिकट बितरण गरिएको थियो ।

बिभिन्न नेपाली खानाको प्रबर्धनका लागि स्टल राखेका ब्यबसायिहरुलाई नेपाली ब्यबसायी संघका पदाधिकारीहरुले प्रमाणपत्र बितरण गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

रुबिना शर्मा र लाक्पा यान्जी शेर्पाले संचालन गर्नु भएको कार्यक्रमको अन्त्यमा नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौलाले फुड फेस्टिबल सफल बनाउन सहयोग गर्ने स्पोन्सर गर्ने र सहभागि हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.