भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन

0

काठमाडौं : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षमा सक्ने लक्ष्य लिएको जानकारी दिए ।

यसका लागि ३० अर्ब ७ करोड रकम विनियोजन गरेको उनले जानकारी दिए ।

यस्तै सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए ।

निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य शुरू गरिने मन्त्रीश शर्माले बताए ।

Leave A Reply

Your email address will not be published.