शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन

0

काठमाडौं : सरकारले शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।

अर्थमन्त्री  शर्माले आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा वितरण गरिने बताए । 

यसअघि ५ कक्षासम्मका विद्यार्थीलाई सरकारले दिवा खाजा उपलब्ध गराउने गरेको थियो । क्रमश: ८ कक्षासम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने अर्थमन्त्री शर्माको भनाइ छ ।

शिक्षक अस्पताल निर्माण पनि अघि बढाइने उनले बताए । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई पूर्वाधार निर्माणमा केन्द्रित गर्न ८ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।

शैक्षिक सत्र शुरु हुनुअघि विद्यार्थीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ । 

Leave A Reply

Your email address will not be published.