सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड बजेट विनियोजन

0

काठमाडौं : सरकारले सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।

त्यस्तै सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री शर्माले सवारी चापलाई कम गर्न कंलकी र नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब विनियोजन गरेको जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.