खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड बजेट विनियोजन

0

काठमाडौं : सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको जनाएका हुन् ।

त्यस्तै अर्थमन्त्री शर्माले खेल पूर्वाधार क्षेत्रका लागि ८७ करोड रकम विनियोजन गरेको जानकारी दिए । 

यस्तै सरकारले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लर्ड लाइट जडान गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।

यसैगरी राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको मूलपानी क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा सम्पन्न गर्ने बजेटमा उल्लेख गरिएको छ । 

चितवनमा अहिले अलपत्र परेको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान केन्द्र र प्रदेश सरकारको समन्वयमा पूरा गर्ने कुरा पनि बजेटमा उल्लेख गरिएको छ ।  

फाप्ला मैदानका लागि बजेट छुट्याइएको छ भने कोहलपुर मैदानका लागि पनि बजेट विनियोजन भएको जनाइएको छ । 

यसैगरी नेपालमा विदेशी फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्नका लागि प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कर्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने बजेट विनियोजन भएको पनि अर्थमन्त्री शर्माले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.