मौसम खराब हुँदा सम्पर्कविहीन विमान खोज्न कठिनाइ : प्राधिकरण

0

काठमाडौं : तारा एयरको नाइन एन–एइटी विमान पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ ।

फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने बताएको छ । साथै नेपाली सेनाको टोलीलाई पनि खोजी कार्यका लागि पठाइएको छ ।

काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्यान्डबाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाइमार्गबाट खोज कार्य पुनः शुरु गरिने खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयर प्रालिको ट्विनअट्टर ९एनइएटी विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएर त्यसपछि उक्त विमान सम्पर्कविहीन भएको थियो ।

No description available.
Leave A Reply

Your email address will not be published.