शहीदहरुले देखेको सपना अझै पूरा हुन सकेन : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शदीहरुले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् । 

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले समाजवाद स्थापनाका निम्ति सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताए । 

विभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको र संविधानमा अवको राज्य समाजवाद उन्मुख हुने उल्लेख हुनु सानो विषय नभएको उनले बताए ।

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट विभिन्न पत्रकारहरुलाई सम्मान गरिएको थियो । 

०५९ जेठ १३ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन इच्छुकको हत्या गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.