काठमाडौं महानगर प्रमुखमा बालेन विजयी, उपप्रमुखमा एमालेकी डंगोल निर्वाचित

0

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका बालेनले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै प्रमुखमा निर्वाचित भएका हुन् । 

बालेनले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । बालेनले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् । 

उपप्रमुखमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरमा पराजित गर्दै उपप्रमुखमा विजयी भएकी हुन् । 

डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.