ओलीको निष्कर्ष : चुनावमा पार्टीभित्रैबाट अन्तरघात

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । 

बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा पार्टीभित्रैबाट अन्तरघात भएको समेत बताए । 

उनले एमाले ठूलो घेराबन्दी र प्रतिकुलताका बिचमा निर्वाचनमा सामेल भएको भन्दै आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने समेत बताए ।

अध्यक्ष ओलीले हालै अमेरिकी उपविदेश मन्त्रीले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको समेत बताए । 

उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मुल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले सरकारले सदनमा पेश गरेको नीति तथा कार्यक्रम वास्तकिता भन्दा सतही भएको भन्दै तर्कयुक्त तरिकाले चिरफार गर्न आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको भट्टराईले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.