भारतले चिनी निर्यातमा लगायो रोक

0

एजेन्सी : भारतले चिनी निर्यातमा रोक लगाएको छ । जुन १ देखि कार्यान्वयन हुने गरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जुन १ देखि अक्टोबर ३१ सम्म चार महिनाका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन् ।

१ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ ।

भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो । भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातकसमेत हो । 

यसअघि भारतले गहुँ निर्यातमासमेत रोक लगाइसकेको छ । 

Leave A Reply

Your email address will not be published.