पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमार्फत लागू गरिने

0

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणली लागू गर्ने भएको छ ।

संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कायक्रममा पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई स्वचालित बनाइने उल्लेख छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेकोमा चौतर्फी विरोध भइरहँदा सरकारले नीति तथा कार्यक्रममार्फत स्वचालित मूल्यको आधारमा मूल्य निर्धारण गर्ने उल्लेख गरेको हो ।

कर समायोजन नगरी स्वचालित मूल्य प्रणाली लागू गर्दा इन्धनको मूल्य थप बढ्ने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.