दुई वर्षभित्र भूमिहीनको समस्या समाधान गरिने, गरिब परिचयपत्र वितरण गरी सुविधा दिइने

0

काठमाडौं : सरकारले आगामी दुई वर्षभित्र भूमिहीनको समस्या सामाधन गर्ने जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम वाचन आगामी दुईवर्षभित्र भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताइन् । 

नदी, किनाराका विपन्नका लागि लक्षित कार्यक्रम ल्याइने पनि उनले बताइन् ।

त्यस्तै सरकारले गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ । राष्ट्रपति भण्डारीले पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी परिचयपत्रका आधारमा सुविधा दिइने बताइन् ।

त्यस्तै, हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने उनले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.