कर प्रणाली पुनरावलोकन हुने, राष्ट्रिय गौरवबाहेकका आयोजना स्थानीय तहलाई नै बनाउन दिइने

0

काठमाडौं : आगामी आर्थिक वर्षमा कर प्रणाली परिवर्तन हुने भएको छ । मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान कर प्रणाली परिवर्तन गरि स्वच्छ बनाउने बताएकी हुन् । उनले व्यवसायीमैत्री कर प्रणालीलाई सरकारले जोड दिने बताइन् ।

त्यस्तै राष्ट्रिय गौरवका आयोजना र रणनीतिक महत्व बोकेका विकासे आयोजनाबाहेकका आयोजनालाई स्थानीय तहको जिम्मा दिइने भएको छ ।

राष्ट्रपति भण्डारीले स-साना आयोजनालाई स्थानीय तहमा नै हस्तान्तरण गरिने बताएकी हुन् ।

प्रदेश र स्थानीयत तहमा वस्तुगत आधारमा वित्तीय हस्तान्तरण गर्दै प्राकृतिक स्रोतको संरक्षण, परिचालन तथा उपभोग गर्न स्थानीय तहसँग संघ र केन्द्र दुवैले सहकार्य गर्ने उनले बताएकी छिन् ।

Leave A Reply

Your email address will not be published.