इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

0

काठमाडौं : पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि र बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । 

प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित एमालेका यज्ञराज सुनुवार र गणेश कुमार पहाडीको समर्थन सहितको प्रस्ताव दर्ता भएको हो । 

मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै दर्ता भएको प्रस्तावमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइरहेको चुहावट, कमिसन र अत्यधिक करलाई न्यूनीकरण गर्न सरकारको प्रयासबारे संसदमा जवाफ मागिएको छ ।

सरकारले गैर जिम्मेवारी प्रदर्शन गरेको र बमौसमी रूपमा आयल निगमको निजीकरण गर्ने विषय उठाएको भन्दै प्रस्तावमा यसबारे जवाफ समेत मागिएको छ ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.