डेनमार्क र श्रीलंकाका लागि प्रस्तावित राजदूतद्वयको नाम अनुमोदन

0

काठमाडौं : संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । 

श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा. रामस्वार्थ रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो । 

संसदीय समितिले अनुमोदन गरेपछि अब मिश्र र राय दुवै जनाको नियुक्तिको बाटो खुलेको छ । 

सरकारले नियुक्तीका लागि सिफारिस गरेका राजदूतहरुको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.