पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

0

काठमाडौं : नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । 

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । 

त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन् । 

यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाएका छन् । 

Leave A Reply

Your email address will not be published.