सिरियामा लड्न गएका वेल्जियनहरुलाई कारवाही हुनसक्ने

0
चारदिशा सम्वाददाता । 
फ्लान्डर्समा रहेका नगरपालिकाका प्रमुखहरुले सिरियामा लड्न गएका आफ्ना नागरीकहरुको वारेमा सामुहिक चिन्ता व्यक्त गरेका छन्। लामो समय देखि प्रशासनिक निकायको सम्पर्कमा नआएका उनीहरुको स्थिति, कम्यूनहरुले सुचना आदानप्रदान गर्न सक्ने र सम्भावित खतराको वारेमा वैठक गरेका छन्। 
 मालिनमा सोमवार वैठक गर्दै नगरप्रमुखहरुले आगामी दिनहरुमा चालिनुपर्ने कदमको वारेमा पनि विचार विमर्श गरेको आरटिविएफले उल्लेख गरेको छ। पछिल्लो तथ्याङ्क अनुसार हालसम्म ३१३ जना वेल्जियनहरु सिरीया पुगेका छन् जसमध्ये ८७ जना वीचमा फर्किएका सरकारले जनाएको छ। 
वेल्जियम छोड्नेको तथ्याङ्क सार्वजनिक भएतापनि उनीहरुको अवस्था थाहा हुन नसकेको सन्दर्भमा सवै कुराहरु पारदर्शी हुनुपर्ने भन्दै अर्को हप्ता गृहमन्त्री जन जाम्वोसँग भेट्ने  तयारी गरेका छन्। सरकारको अनुमति लिएर कुनै किसिमको  कारवाही शुरु गर्ने अपेक्षा गरिएको छ। वैठकमा् एन्टरपेन, मालिन, कुर्टेइ, भिलभोर्ड र मासेइकका नगरप्रमुख हरुको उपस्थिति रहेको थियो । 
मालिनका   नगर प्रमुख वार्ट सोमर्सले प्रहरी र स्थानीय निकायको अग्रसरतामा कुनै किसिमको कारवाही अगाडि वढाउन सकिने वताएका छन्। त्यसको लागि पनि न्यूनतम कानुनी व्यवस्था सरकारले गरिदिनुपर्ने उनको राय छ। 
Leave A Reply

Your email address will not be published.