व्रसेल्स एयरपोर्टमा ईवोला संकास्पद व्यक्ति : परिणाम ” नेगेटिभ”

0

चारदिशा सम्वाददाता ।

व्रसेल्स, ३ नोभेम्वर।

ईवोला संक्रमणको आशंकामा सोमवार विहान एक यात्रुलाई अस्पताल भर्ना गरिएको छ। सेरालियोन वाट व्रसेस्ल एयरलाइनको नियमित उडान वाट वेल्जियम प्रवेश गरेकी एक महिलालाई   ईवोला संक्रमण भएको हुनसक्ने भन्दै व्रसेल्स स्थित शाँ पिएर् अस्पलालमा भर्ना गरिएको थियो। विमानमा ज्वरो आएको र वान्ता गरेकी उनलाई विहान विमान अवतरण गर्नेवितिक्कै आपतकालिन रुपमा विमानस्थलवाट अस्पताल पुर्याईएको थियो।

उक्त संकास्पद व्यक्तिको विस्तृत स्वास्थ्य परीक्षण गर्दा ” नेगेटिभ” नतिना निस्किएको वेल्जियमको स्वास्थ्य विभागले सार्वजनिक गरेको  विज्ञप्तिमा जनाइएको छ।  इवोला भाइरस व्याप्त भएका देशहरुवाट आएका व्यक्तिलाई  संकास्पद मान्दै  प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण गर्ने गरीएको छ।

संकास्पद व्यक्तिलाई अस्पताल पुर्याएपछि अन्य यात्रुहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । अन्यको हकमा भने सामान्य तापक्रम मात्र मापन गरिएको थियो । केही हप्ता देखि व्रसेल्स एयरपोर्टमा अवतरण गर्ने विमानका यात्रुहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको फ्लोरन्स म्यूललाई उद्धृत गर्दै वेल्जियन टेलिभिजन संस्था आरटिविएले जनाएको छ।

रोकिएन महामारी 

हालसम्म ४,४४७ व्यक्तिको  ज्यान लिइसकेको र वीस हजार जना प्रभावित भएको विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै ” ल मोन्द ” पत्रिकाले जनाएको छ। संगठनले सार्वजनिक गरेको अङ्क तालिका यथार्थ भन्दा कम रहेको भन्दै आलोचना गरिए पछि भाइरस प्रभावितको संख्या उच्च रहेको र त्यो अझै नाटकीय ढंगले वढ्ने जनाइको छ। अफ्रिकी मुलुकहरु नाइजेरीया, गिने, सेरालियोन, लिविया लगायतका देशहरुमा भाइरल प्रभावितहरुको संख्या गणितीय हिसावले वढिरहेको छ।

अक्टुवरको अन्तिम सातामात्र नौ हजार नयाँ विरामी थपिएका छन्। यही अनुपातमा विरामीहरु थपिँदै जाने हो भने २०१५ को जनवरी सम्ममा गिनेमा पन्ध्र लाख थप विरामी थपिनेछ भने सेरालियोन र लाइवेरीया दुइ गुणाले थप प्रभावित हुनेछन्।

उपचार छैन ईवोलाको ?

हालसम्म ईवोलाको कुनै पनि ओषधि पत्ता लागेको छैन। यद्यपि रोग विरुद्ध लड्ने प्रतिरक्षात्मक शक्ति वढाउने औषधीहरु परीक्षणमा छन्। हाल सम्म कुनै पनि भ्याक्सिन सार्वजनिक गरिएको छैन तर दुई फरक किसिमका भ्याक्सिनहरु परीक्षणको अवस्थामा रहेका छन्।

जीवन नाशक भाइरस विरुद्ध लड्न शंकास्पद व्यक्तिहरुको प्रत्यक्ष निगरीानीमा राख्ने, सुचना आदान प्रदान, अस्पताल एवं स्वास्थ्यकर्मीहरुलाई सतर्क अवस्थामा राखिएको छ। जनचेतना जगाउने  र मानवीय क्षति सकेसम्म कम गर्ने एकजुट भएर लाग्न विश्व स्वास्थ्य संघले आग्रह गरेको छ।

 

Leave A Reply

Your email address will not be published.